Posts

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

Image
१0 वैशाख, काठमाडौं । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो । उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन् ।

प्रदेश ५ मा पहिलो पटक र्‍यापिड टेष्ट पोजेटिभ, ७८ वर्षीय पुरुषलाई अस्पताल भर्ना गरियो

Image
१० बैशाख, रुपन्देही । पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्‍यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो । बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्‍यापिड टेस्ट चिसापानी सामुदायिक अस्पतालमा गरिएको थियो । दुई पटकसम्म टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । हाल उनलाई जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना गरेर चिकित्सकहरुको निगरानीमा राखिएको छ । उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्द नरुल होदाले जानकारी दिए । डा. होदाले भने, ‘बुधबार (आज) दिउँसोसम्म रिपोर्ट आउँछ ।’ उनी लामो समयदेखि घरमै बस्दै आएका थिए । उनी एक वर्ष अगाडि अमेरिकाबाट फर्किएका थिए । छातिमा समस्या आएपछि जाँच गराउन चिसापानी अस्पताल पुगेका थिए । उनीसँगै उनका परिवारका सबै सदस्यहरुको र्‍यापिड टेष्ट गर्दा अन्यको रिपोर्ट नेगेटिभ आएको थियो । यसअ

भारतमा कोरोना : एकैदिन ५० को मृत्यृ, १३ सयभन्दा बढी संक्रमित थपिए

Image
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि १९ हजार नौ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको संख्या पनि एक हजार तीन सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् ।भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा ९०, मध्यप्रदेशमा ७६, दिल्लीमा ४७ जनाको मृत्यु भइसकेको छ । भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार दुई सय ९४ पुगेको छ भने २० जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा एक सय २६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा तीन हजार आठ सय ७० संक्रमित निको भइसकेका छन् ।

लुकेर उदयपुर छिरेका ८ भारतीयमा कोरोना संक्रमणको आशंका

५ वैशाख, विराटनगर । लकडाउनको समयमा लुकेर उदयपुर छिरेका आठ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड-१९) को आशंका गरिएको छ । यद्यपि, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ । उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसआधारमा स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट चार जना नेपाली  भने, ‘नातागोता भेट्न भनेर ४/५ दिनअगाडिआएको भन्छन् । तर, वास्तविक कुरा भनेको जस्तो देखिँदैन ।’

अमेरिकाबाट डाक्टरको सुझाव : नेपालमा न्युयोर्कजस्तो नहोस्

Image
५ वैशाख, काठमाडौं । डा. आशिष न्यौपाने यतिबेला अमेरिकाको फ्लोरिडा राज्यको बोकारेटन रिजनल अस्पतालमा आईसीयू विशेषज्ञको रुपमा कार्यरत छन् । दाङको नारायणपुरमा जन्मिएका न्यौपाने चितवनको कलेज अफ मेडिकल साइन्सबाट एमबीबीएस पास गरेर बुटवलको आम्दा अस्पतालमा एक वर्ष मेडिकल अफिसरको रुपमा काम गरेपछि थप अध्ययनका लागि अमेरिका गएका हुन् ।

युएईका नेपालीको गुनासो – कम्पनी जाऊ भन्छ, दूतावासले वास्ता गर्दैन

Image
५ वैशाख, युएई । युएईको नेशनल सेक्युरिटी गार्डमा कार्यरत ३५ जना नेपाली अप्रिल १ तारिखदेखि बेरोजगार बनेका छन् । लाइफगार्डमा कार्यरत उनीहरु कोरोना संक्रमणको महामारीले काम रोकिएपछि कोठामै बस्न बाध्य भएका छन् । रोजगारीको भन्दा पनि उनीहरुमा अहिले कम्पनीले स्वदेश फर्कन दिइरहेको दवाबले चिन्ता थपिएको छ । नेपाल र युएई दुवैतर्फको हवाई उडान ठप्प छ । कम्पनीले सबैजनालाई २ महिनाको बिदा दिएको र यो विदामा नेपाल फर्कन भनेको ५ वर्षदेखि उक्त कम्पनीमा कार्यरत धादिङको युवकले बताए ।

लकडाउन पालनाका लागि थप कडाइ गर्दै कामपा

Image
काठमाडौं । नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकाले काठमाडौँ महानगरपालिकाले थप कडाइ गर्ने तयारी गरेको छ । भीडभाडलाई निगन्त्रण गर्न र कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशनै पूर्णरुपमा लकडाउन गरेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार नगरिकले अटरे गरिरहेकाले केन्द्र सरकासँग समन्वय गरी लकडाउनको थप कडाइ गर्ने तयारी भइरहेको छ । महानगरले नागरिकलाई सजग गराउनकै लागि हरेक दिन टोलटोलमा प्रहरी परिचालन गरेको छ भने जनचेतनामूलक कार्यक्रम पनि नियमित सञ्चालन गरिरहेको छ । यसको कुनै प्रवाह नै नगरी नागरिकले टोलटोलमा जम्मा हुने र भीडभाड गर्न कमी नआएकाले महानगरले अन्य थप कदम सञ्चालन गर्न लागेको हो ।