लकडाउन पालनाका लागि थप कडाइ गर्दै कामपा

काठमाडौं । नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकाले काठमाडौँ महानगरपालिकाले थप कडाइ गर्ने तयारी गरेको छ । भीडभाडलाई निगन्त्रण गर्न र कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशनै पूर्णरुपमा लकडाउन गरेको छ ।महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार नगरिकले अटरे गरिरहेकाले केन्द्र सरकासँग समन्वय गरी लकडाउनको थप कडाइ गर्ने तयारी भइरहेको छ । महानगरले नागरिकलाई सजग गराउनकै लागि हरेक दिन टोलटोलमा प्रहरी परिचालन गरेको छ भने जनचेतनामूलक कार्यक्रम पनि नियमित सञ्चालन गरिरहेको छ । यसको कुनै प्रवाह नै नगरी नागरिकले टोलटोलमा जम्मा हुने र भीडभाड गर्न कमी नआएकाले महानगरले अन्य थप कदम सञ्चालन गर्न लागेको हो ।

Comments

Popular posts from this blog

अमेरिकाबाट डाक्टरको सुझाव : नेपालमा न्युयोर्कजस्तो नहोस्

युएईका नेपालीको गुनासो – कम्पनी जाऊ भन्छ, दूतावासले वास्ता गर्दैन