भारतमा कोरोना : एकैदिन ५० को मृत्यृ, १३ सयभन्दा बढी संक्रमित थपिए
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ ।
त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि १९ हजार नौ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको संख्या पनि एक हजार तीन सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् ।भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा ९०, मध्यप्रदेशमा ७६, दिल्लीमा ४७ जनाको मृत्यु भइसकेको छ । भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार दुई सय ९४ पुगेको छ भने २० जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा एक सय २६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा तीन हजार आठ सय ७० संक्रमित निको भइसकेका छन् ।
Comments
Post a Comment