५ वैशाख, काठमाडौं । डा. आशिष न्यौपाने यतिबेला अमेरिकाको फ्लोरिडा राज्यको बोकारेटन रिजनल अस्पतालमा आईसीयू विशेषज्ञको रुपमा कार्यरत छन् । दाङको नारायणपुरमा जन्मिएका न्यौपाने चितवनको कलेज अफ मेडिकल साइन्सबाट एमबीबीएस पास गरेर बुटवलको आम्दा अस्पतालमा एक वर्ष मेडिकल अफिसरको रुपमा काम गरेपछि थप अध्ययनका लागि अमेरिका गएका हुन् ।
काठमाडौं । नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकाले काठमाडौँ महानगरपालिकाले थप कडाइ गर्ने तयारी गरेको छ । भीडभाडलाई निगन्त्रण गर्न र कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशनै पूर्णरुपमा लकडाउन गरेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार नगरिकले अटरे गरिरहेकाले केन्द्र सरकासँग समन्वय गरी लकडाउनको थप कडाइ गर्ने तयारी भइरहेको छ । महानगरले नागरिकलाई सजग गराउनकै लागि हरेक दिन टोलटोलमा प्रहरी परिचालन गरेको छ भने जनचेतनामूलक कार्यक्रम पनि नियमित सञ्चालन गरिरहेको छ । यसको कुनै प्रवाह नै नगरी नागरिकले टोलटोलमा जम्मा हुने र भीडभाड गर्न कमी नआएकाले महानगरले अन्य थप कदम सञ्चालन गर्न लागेको हो ।
५ वैशाख, युएई । युएईको नेशनल सेक्युरिटी गार्डमा कार्यरत ३५ जना नेपाली अप्रिल १ तारिखदेखि बेरोजगार बनेका छन् । लाइफगार्डमा कार्यरत उनीहरु कोरोना संक्रमणको महामारीले काम रोकिएपछि कोठामै बस्न बाध्य भएका छन् । रोजगारीको भन्दा पनि उनीहरुमा अहिले कम्पनीले स्वदेश फर्कन दिइरहेको दवाबले चिन्ता थपिएको छ । नेपाल र युएई दुवैतर्फको हवाई उडान ठप्प छ । कम्पनीले सबैजनालाई २ महिनाको बिदा दिएको र यो विदामा नेपाल फर्कन भनेको ५ वर्षदेखि उक्त कम्पनीमा कार्यरत धादिङको युवकले बताए ।
Comments
Post a Comment